६ महिनाकाे बच्चा मकै बारीमा मृत फेला

तुलसीपुर,२९ भदौ

तुलसीपुरमा नवजात शिशु मकै बारीमा मृत भेटिएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहागनरपालिका–१९ हाडिमे डाडाँगाउँ स्थित फागुना चौधरीको मकै बारीमा नवजात शिशु मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । प्रहरीले शिशुको हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया