भैंसीमाथि चढेर नदी तर्न खाेज्दा बगेर चौधरी बेपत्ता

तुलसीपुर,२९ भदौ ।

भैंसीमाथि चढेर राप्ती नदी तर्ने क्रममा दाङमा एक व्यक्ति बगेर वेपत्ता भएका छन् । लमही नगरपालिका–६ मध्यनगर निबासी ६५ बर्षका दंखु चौधरीको नदी तर्नेक्रममा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भैंसी चराउन गएका चाैंधरी फर्कीने क्रममा बगेर बेपत्ता भएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।  उनको खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया