दाङको बाँकामा बस पल्टिदा १० जना घाइते

तुलसीपुर, २९ भदौ 

पश्चिम दाङको बाँका भन्ने स्थानमा यात्रु बोकेको बस पल्टिदा गर्भवती महिलासहित १० जना घाइते भएका छन् । दुर्घटना भएको ठाउँ दंगिशरण गाउँपालिका – ७ मा पर्छ । तुलसीपुरबाट चरकमटीयाकालागि छुटेको रा१ख२१५६ नम्बरको बस अनिन्त्रीत भई पल्टीएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते मध्य गम्भिर घाइते भएका बबई गाउँपालिका –७ निबासी १९ बर्षकी गर्भवती धनसरी कुमाल र नाम थर नखुलेकी अर्की महिला गरी दुईजनालाई कोहलपुर रिफर गरिएको छ । अन्य ८ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको इलाका प्रहरी कमार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । बसमा ३० जना यात्रु सवार थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया