रुपन्देहीमा गोली चल्यो, एकजनाको मृत्यु

बुटवल, २९ भदौ

रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर ओमसतिया ५ पट्खौलीका करिब ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको छ ।

आइतबार दिउँसो हिमालयन बैंक भैरहवाबाट रकम निकालेर घर जाँदै गरेका कुर्मीलाई मोटरसाइकलमा आएका दुईजना युवाले गोली हानी रकम लुटेर फरार भएको प्रहरीले बताएको छ । गोली कसले र किन चलाएको भन्ने विषयमा नखुलेको पहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया