सल्यानमा गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

तुलसीपुर, २९ भदौ

सल्यानमा गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ । सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने चढ्ने रा१ज १७० नम्बरको गाडीमा गएराती पौने १२ बजे अपरिचित व्यक्तीले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । कुनै व्यक्तिले रिसीबीका कारण आगजनी गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘ पहिला पछाडिको टायरमा मट्टीतेल छर्केर आगो लगाएको देखिन्छ । त्यसपछि लाठीले अगाडिको सिसा फोडेर भित्र सिटमा मट्टीतेल छर्केर अगो लगाएको सिसी क्यामरामा देखिन्छ,’ प्रनाउ खतिवडाले भने–‘सीसी क्यामरामा हातमात्र देखिने भएकाले पहिचान हुन सकेको छैन ।’ धेरै पटक अभ्यास गरेर जिउ लुकाएर हातमात्र देखिने गरी गाडीमा आग्जनी गरेकोले चलाखी अपनाएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया