लागु औषध सहित दाङमा एक महिला पक्राउ

तुलसीपुर, २९ भदौ । दाङमा लागु औषध अफिम सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको थवाङ गाउपालिका वडा नम्वर २ घर भई हाल घोराही ३ गोग्लीमा डेरा गरी बस्ने २२ वर्षिया नविना रोका घर्तिलाई प्रहरी घोराहीबाट पक्राउ गरेको हो । घोराही १४ डेरा गरी बस्ने विरमाया पुनको कोठाबाट तिन केजी, तिन सय ग्राम लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनी विरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ को दफा २२ ग अन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया सुरु गरीएको प्रहरीले बताएको छ । विरमायाको भने खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया