कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुदा दुईको मुत्यु, पाँच घाईते

दाङ, २९ भदौ । कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।चार नम्बरबाट कोपवातर्फ जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्र्याक्टर कोपवा सडकखण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टर चालक वाणगंगा–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र यही ठाउँका १५ वर्षीय रञ्जित बोटे माझीको ज्यान गएको प्रहरीे जनाएको छ । घाइतेमध्ये वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोहि ठाउँका १५ वर्षीय मनिस परियारको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचारका लागि बुटवल लगिएको छ । अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया