मेयर पाण्डेले देउवालाई भेट्नुको रहस्य खुल्याे

तुलसीपुर,२८ भदौ 

तुलसीपुर । पाटी कामको सिलसिलामा तुलसीपुर आएको पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासँग नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न स्थानीय मुद्दाका विषयमा भेटघाट गरेका छन् । भेटघाटका पाण्डेले तुलसीपुर विमानस्थल विस्तारका लागि पहल गर्न पूर्व प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।पहाडी क्षेत्रको केन्द्रका रुपमा रहेको यस विमानस्थलको विस्तार अहिलेको आवश्यकता भएको समेत उनले वताए । “नगरपालिकाकै समन्वयमा दैनिक दुइवटा साना जहाज चलिरहेका छन् तर त्यसले मात्रै भार थेग्न सक्दैन ” नगरप्रमुख पाण्डेले भने ।

उनले धावनमार्ग विस्तारका लागि प्रशस्त ठाउँ रहेको भन्दै राजनीतिक सहमतिका आधारमा सबैको चासो रहेको विमानस्थल विस्तार गर्न ध्यान दिनुपर्ने कुरामा जोड दिए । साथै उनले चिनको तिब्बतसम्म जोड्नका लागि अमिलिया सल्यान सडकलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए । दाङबाट प्रादेशिक राजधानी वुटवल लगेको भन्दै दङाली जनतामा देउवाप्रति आक्रोश रहेको भन्दै त्यसलाई मेट्नका लागि स्थायी राजधानी दाङ आउने गरी पहल गर्न समेत आग्रह गरे । नगरप्रमुखका कुरा सुनिसकेपछी देउवाले विमानस्थल विस्तारका लागि पाटी सकारात्मक रहेको भन्दै सम्वन्धित निकायमा पहल गर्ने वताए । प्रदेशको स्थायी राजधानी घोषणाको कुरा अब काँग्रेसको हातमा नरहेको पनि उनले भने ।

 

 

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया