जवरजस्ती करणी मुद्धामा फरार व्यक्ति पक्राउ

तुलसीपुर, २८ भदौ । सल्यानमा जवरजस्ती करणी उद्योग मुद्धामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्वर १ निवासी २३ वर्षिय विरेन्द्र बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाकै एक महिलालाई गएको भदौ २१ गते उनले करणी उद्योग गरेको आरोप लागेको थियो । पिडित पक्षले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया