तुलसीपुर ६ लाई जिल्लाकै पहिलो बालश्रम मुक्त वडा घोषणा ,देशलाई सिस्टममा लैजादै छौ : सांसद केसी

लक्ष्मण विश्वकर्मा , तुलसीपुर, २८ भदौ । तुलसीपुर उपमहानगपालिका वडा नम्वर ६ लाई भव्य समारोहका विच बाल श्रम मुक्त वडा घोषणा गरिएको छ । राष्टिय बाल दिवसको सन्दर्भ पारी वडालाई शनिवार बालश्रम मुक्त घोषणा गरिएको छ ।घोषणा हुनु अघि तुलसीपुर स्थित त्रिशिद्धेश्वरी मन्दिर परिसरबाट बाजागाजा,झाँकी जुलस सहित विभिन्न नाराका साथ आयोजना ¥यालीले बजार परिक्रममा गरी वडा कार्यालय परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
वडामा १२ हजार जनसंख्या मध्ये ४ हजार पचास जना बालबालिका रहेकोमा १३ जना बालश्रमीकको पुनस्थापना गदै वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

वडालाई संघिय सांसद हिराचन्द्र केसीले कोहि कसैले अव देखी बालबालिकालाई वालश्रममा लगाउने छैनौ भन्दै कार्यक्रममा सहभागी सवैलाई सपथ खुवाएका थिए । साथै सांसद केसी सहित नगरप्रमुख घनश्याम पाण्डे, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारु र वडा नवराज लामीछानेले सयुक्त रुपमा हस्ताक्षर गरी घोषणा गरेका थिए । सोहि कार्यक्रमलाई सम्वोधन गदै सांसद केसीले जनसंख्या, शिक्षा, स्वास्थ्य र बजारको हिसावले उपमहानगरको सवैभन्दा धेरै ठुलो वडालाई जिल्लामै पहिलो पटक बालश्रम मुक्त वडा घोषणा गरिनु राम्रो कार्यको सुरुवात भएका बताएका थिए । उनले उक्त अभियानलाई निरन्तरता दिन सकेमा मात्र घोषणा गरेको औचित्य हुने बताएका थिए ।
साथै उनले फकर प्रसंङगमा बोल्दै समृद्धि राष्ट निर्माणका लागी सवै नागरिकको उत्तिकै भुमिका महत्वपुर्ण हुने बताएका छन् । आफुहरु समृद्ध राष्ट निर्माणमा लागे पनि अवरोधहरु धेरै आउने गरेको उनले बताएका छन् । कम्युनिष्ट सरकारले धेरै राम्रो काम गर्न खाजेपनि थुप्रै बाधा अवरोध आईरहने उनको भनाई थियो । विगत लामो समय सम्म देश अस्तव्यस्त भएको र अहिले सवै सिस्मटमा लैजान खोज्दा धेरै समस्या उत्पन्न भएको उनले बताएका छन् ।
विगतका दिनमा स्थानिय पालिकाका वडामा एक लाख , तिन लाख बजेट मात्रै हुने गरेकोमा अहिले करोडौ रुपैया वजेट विनियोजन हुदा पनि विकास नहुनु भनेको दुखद कुरा भएको उनले बताएका छन् ।
बजेट अहिले धेरै छ कहाँ कसरी खर्च भईरहेको छ यस विषयमा नागरिकले खवरदारी र चासो दिनुपर्ने उनको भनाई थियो । चालु आर्थिक वर्षमा संघिय सरकारबाट जिल्लामा १२ अरव बजेट विनियोजन भएको बताउदै उनले तुलसीपुर उपमहानगरपालिकामा मात्रै झन्डै ७८ करोड बजेट आएको बताएका छन् ।

सोहि कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरलाई नेपालकै नमुना योग्य बालमैत्री उपमहानगर बनाउनका लागी वडा नम्वर ६ बाट यसको सुरुवात गरेको बताए । स्थानिय सरकार आईसकेपछि आफुहरुले बालबालिकाको हक र अधिकारलाई सुनिश्चित गर्नका लागी बालश्रम मुक्त गर्ने अवधारणा अनुसार वडा नम्वर ६ बाट सुरुवात गरिएको उनले बताएका छन् । वडा अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले समृद्ध नगर, सुखी नगरबासी बनाउनका लागी आजका बालबालिका भविस्यका कर्णाधार भएकाले उनीहरुको अधिकार सुनिश्चित गर्न र समाजपरिवर्तन गर्नका लागी बालश्रम मुक्त घोषणा गरेको उनको भनाई थियो ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया