प्रावि मुल्कोटमा दिवा खाजा कार्यक्रम सुरु

तुलसीपुर , २७ भदौ । तुलसीपुर ४ मा रहेको शिद्धेश्वरी प्राथमिक विद्यालय मुल्कोटमा अध्ययनरत विद्यार्थीहरुलाई पोसाक वितरण तथा दिवा खाजा कार्यक्रमको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ को सहयोगबाट पोसाक वितरण तथा खाजा कार्यक्रमको शुक्रवार एक कार्यक्रमका विच वडा अध्यक्ष बालकृष्ण रानाले उद्घाटन गरेका हुन् ।कार्यक्रमको उद्घाटन गदै वडा अध्यक्ष रानाले शैक्षिक सुधारका लागी विद्यार्थीहरुको हौसला प्रदान गर्न पोसाक वितरण तथा दिवा खाजा कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर माथी उकास्नका लागी आफुले यस्तो कदम चालेको अध्यक्ष रानाले बताएका छन् ।
प्राथमिक विद्यालयहरुको शैक्षिक गुणस्तर र भौतिक विकास गर्ने दायित्व वडा कार्यालयको भएको भन्दै यसमा स्थानिय समुदाय स्तरबाट पनि सहयोगको आबश्यक पर्ने उनले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष रानाले मुल्कोट, खुमखानी र हलवार प्राथमिक विद्यालयको विकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वडामा दुई वडा माध्यामिक , एउटा आधारभुत र तिन वटा प्राथमिक विद्यालय रहेका छन् । जसमा आधारभुत र माध्यामिक विद्यालय उपमहानगरपालिका, प्रदेस र संघबाट बजेट ल्याउन सकिने बताउदै प्राथमिक विद्यालय वडा सरकार भित्र पर्ने उनको भनाई छ । साथै उनले शैक्षिक सुधारका लागी शिक्षक र अभिभावक पनि उत्तिकै जिम्मेवार बन्न आग्रह गरेका छन् ।
सो अवसरमा चमेरेगुफा संरक्षण समितिका अध्यक्ष भुव बहादुर पुन, रेडियो हाम्रो पहुँच एफएमका स्टेशन म्यानेजर बसन्त पौडेल, अभिभावक सविना पुन लगाएतले बोलेका थिए ।विद्यालयका शिक्षिका हिमसरा पुनको स्वागत मन्तव्यबाट सुरु भएको सहजीकरण विद्यालयका प्रधानाध्यापक टेक बहादुर खत्रीले गरेका थिए । विद्यालयमा अव देखी हरेक दिन विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरिनेछ ।जसका लागी वडा अध्यक्ष बालकृण रानाले यस अघि नै आफनो मासीक बैठक भत्ताबाट आउने रकम मध्येबाट मासीक पाँच हजार रुपैया सो विद्यालयलाई दिने घोषणा गरीसकेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया