आफैले चलाएको बाइक पोलमा ठोक्कीदा गम्भिर घाइते

तुलसीपुर, २७ भदौ 

आफैले चलाएको मोटरसाईकल बिजुलीको पोलमा ठोक्कीदा बालापुरमा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक दंगीशरण गाउँपालिका–५ बालापुर निबासी ३० बर्षका सर्जन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए ।
प्रहरीका अनुसार तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा१प९८११ नम्बरको मोटरसाईकल तीब्रगतिका कारण अनियन्त्रीत भई पोलमा ठोक्कीएको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ ।

फाइल फाेटाे 

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया