रोल्पामा पहिरोमा पुरीएर २ को मृत्यु ४ वेपत्ता

तुलसीपुर, २७ भदौ
रोल्पामा पहिरोमा पुरीएर २ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । थबाङ गाउँपालिका छेर्लाबाङमा कमल बुढाको घर गएराती पहिरोले पुरीएको थियो । पहिराबोट २७ बर्षकी शीर कुमारी बुढा र उनका ४ चार बर्षका छोरा असल बुढाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । पहिरोमा अझै ४ जना पुरीएको हनु सक्ने प्रहरीले आंका गरेको छ । पहिरो गएको घरमा ६ जना बस्दै आएका थिए ।

‘ एक बजे राती ठूलो आवाज आएको स्थानीयले सुनेछन,’ प्रनाउ गुरुङले भने–‘ प्रहरीलाई भने विहान जानकारी आएपछि प्रहरी अहिले घटनास्थलमा पुगेर उद्धारमा लागेको छ ।’ उद्धार कार्यक्रमा थबाङ, डाडाँगाउँ, कुरेलीबाट गएको प्रहरी टोली र स्थानीयहरु जुटेका छन् । विकट ठाउँ भएकाले सम्पर्कमा कठीनाई भइरहेको प्रहरीले बताएको छ । पहिरो ठूलो गएकाले पन्छ्याउन केही समय लाग्ने भएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया