चौरजहारीमा यातायात व्यवस्था कार्यालयको स्थापना

 

ज्ञानु गौतम

चौरजहारी,२७ भदाै/ रुकुमको चौरजहारीमा आजदेखि यातायात  व्यवस्था सेवा  कार्यालयको स्थापना गरिएकाे छ । कार्यालयको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले उद्घाटन गर्दै जनताले सहज रूपमा सेवा  प्राप्त गरेमा मात्र यसकाे सार्थकता रहने बताए । कार्यालयमा  कर्मचारीकाे  व्यवस्थापनपछि मात्र लाईसेन्स नविकरण बुलुबुक नविकरणलगाएतका काम केही महिनापछी सुरु हुने कार्यालयका प्रदिप रेग्मिले जानकारी  दिए । कार्यालय स्थापनापिछ त्यस क्षेत्रका नागरिकहरू घरअगाडि सेवा पाइने भन्दै खुशी भएका छन्  ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया