चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मुतयु, दुई घाईते

दाङ, २५ भदौ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३, डाँडाछिवाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो साढे ४ बजे परेको चट्याङ लागेर त्रिवेणी गाउँपालिका–१० का ३६ वर्षीय केशरबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

डाँडाछिवाङस्थित भाल्दुलामा रहेको गोठमा चट्याङ पर्दा उनको मुत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । चट्याङले लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा मुसीकोट नगरपालिका–१३ डाँडाछिवाङ घर भएका ३८ वर्षीय नैनसिंह खत्री र हाइवाङका ५२ आशीराम रोका रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया