तुलसीपुरमा एक व्यक्ति मृत फेला

तुलसीपुर, २४ भदौ । तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले दिएको जानकारी अनुसार तुलसीपुर १२ निवासी ५८ वर्षिय रणसिंह नेपाली मलवार स्थित खेतमा मंगलवार विहान मृत फेला परेका हुन् । उनी तुलसीपुर १५ मलवारमा सिलाईकटाई व्यवसाय गदै आएको बुझीएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया