विद्युत सर्ट भई एक घरमा आगलागी

तुलसीपुर, २४ भदौ । दाङमा एक घरमा विद्युत सर्ट भई आगलागी भएको छ । जिल्लाको घोराही १५ स्थित कुमार चौधरीको जस्ता पाताले छाएको घरमा मंगलवार विहान पौने चार वजेतिर आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट २०÷२५ वटा कुखुरा, लत्ताकपडा लगाएत अन्य समान गरी डेढ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उक्त घरमा कोहि मानिस नबस्ने भएकाले मानविय क्षति नभएको बताईएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया