वेपत्ता भएको १५ दिनपछि ओली मृत फेला

तुलसीपुर, २४ भदौ । सल्यानको बागचौर नगरपालिका वडा न १२ वाफुखोलाका २६ वर्षिय नरेन्द्र कुमार ओली बेपत्ता भएको १५ दिनपछि मृत्त फेला परेका छन् । बागचौर नगरपालिका वडा न ४ स्थित बरावनको जंगलमा ओलीको शव फेला परेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । गत भदौ ७ गतेदेखि घरबाट सम्र्पक विहिन भएका ओली सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले जंगलमा खोजी गर्नेक्रममा ओलीको शव फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया