अझै खुलेन दशैँको अग्रीम टिकट

काठमाण्डौ – दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म सुरु भएको देखिएको छैन । अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा एक महिना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन ।

गएका वर्षमा दशैँको समयमा भाडा वृद्धि नगरी टिकट नखोल्ने व्यवसायी अडिग रहेका थिए भने यो वर्ष पनि विभिन्न बहानामा समयमा टिकट नपाउने हो कि भन्ने चिन्ता यात्रुमा छ । समयमा टिकट बुकिङ गरेपछि मात्रै यात्रु ढुक्क हुनसक्ने यातायात क्षेत्रका अभियन्ता राम थापाले बताउनुभयो ।

हिन्दू धर्मालम्बीको सबैभन्दा ठूलो चाड मानिने दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुने गर्छन् । समयमै टिकट खोल्दा चाहने व्यक्ति समयमा नै घर फर्कन सक्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया