दाङमा १५ जनामा देखियो डेंगु

तुलसीपुर,२४ भदौ । दाङमा हाल सम्म १५ जना डेंगुका विरामी फेला परेका छन् । घोराही उपमहानगरपालिका ६ जना, तुलसीपुर उपमहानगरपालिकामा ६ जना र बबई गाउँपालिमा दुई जना डेंगुका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । एकजना बिरामीको भने ठेगाना खुल्न सकेको छैन ।

डेंगुका विरामी मध्य अधिकांश उपचारपछि घर फर्किसकेका छन् । ६ जना भने अझै उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोगका फोकल पर्सन कमल चन्दले जानकारी दिए । पछिल्लो समय दाङमा लामुखट्टेको टोकाई बाट हुने डेंगुको जोखिममा रहँदै आएको छ । यसैविच घोराही उपमहागरको श्वास्थ्य शाखाले यसको नियन्त्रणका लागि खोज र मार अभियानको सुरुवात गदैछ । लामखुट्टेको लार्भा नष्ट गर्नका लागि श्वास्थ्यकर्मि,जनप्रतिनिधि,स्थानियदेखि नेपाल प्रहरी,नेपाली सेना समेतलाई सहभागि बनाईने फोकल पर्सन चन्दले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया