टाउको छुट्टीएको अवस्थामा महिलाको शव फेला

 एम के माझी

राजविराज । टाउको र ढाड छुट्टटिएको अवस्थामा प्रहरीले एक महिलाको शव फेला पारेको छ ।
डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाको सीमामा रहेको कजरा खोलामा महिलाको शब फेला परेको हो शरीर एकातिर थियो भने टाउको एकसय मिटर टाढा धान खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शव कुहिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आइतबार राती नै शव फेला परे पनि सोमबार बिहान शव निकालेर परिक्षणका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको छ । अन्दाजी २५÷२६ वर्षकी ती महिलाको शवको प्रकृती हेर्दा २५÷३० दिनअघि नै हत्या गरि फ्यालिएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रहरी उपरिक्षक कृष्ण प्रसाईले टाउको र ढाड छुट्टीएको अवस्थामा फेला परेको महिलाको सनाखत हुन नसकेको बताए । यसबारे घटनास्थल आसपास र सीमावर्ती क्षेत्रका बासिन्दासँग समेत आवश्यक जानकारी लिने काम सुरु गरि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया