कांग्रेसको जागरण अभियान स् टुंगो लाग्यो सातै प्रदेशमा खटिने केन्द्रीय प्रतिनिधि

काठमाडौ, २३ भदौ ।नेपाली कांग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ । सोमबार तीन वटा प्रदेशमा खट्ने प्रतिनिधिको टुंगो लगएको कांग्रेसले मंगलबार सातै प्रदेशको प्रतिनिधिको टुंगो लगाएको हो ।सोमबार प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा खटिने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको थियो । मंगलबार प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको टुंगो लगाएको हो । योसँगै सातै प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

मंगलबारदेखि सुरु हुन लागेको जागरण अभियानमा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ जना केन्द्रीय प्रतिनिधि परेका छन् भने १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा भने हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर २ जनाका दरले प्रतिनिधि खटाइएको छ । केन्द्रीय प्रतिनिधिमा पूर्वमन्त्री, पूर्व सांसद, पूर्व सभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वारहरु रहेका छन् ।कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्नेछ । कांग्रेसले यसअघि गएको वैशाख २५ देखि जेठ २५ सम्म एक महिना पहिलो चरणको अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया