तुलसीपुरमा विपीको पूर्णकदको शालिक राखियो

तुलसीपुर, २३ भदौ ।

तुलसीपुरमा महामानव विश्वेश्वर प्रसाद कोइराला (विपी) को पूर्णकदको शालिक राखिएको छ । करिब १० लाख लागतमा विपीको पूर्णकदको शालिक राखिएको नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्काले जानकारी दिएका छन् । यस अघि अर्धकदको शालिक थियो । जसलाई विपी चोक भनेर नामाकरण गरिएको थियो । अर्धकदको शालिक हटाएर पूर्णकदको शालिक राखेपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तक हौसीएका छन् ।

 

 

फाेटाे  मिनकुमार ढकालकाे फेसवुकबाट 

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया