नगरपालिकाका हाकीम चढ्ने गाडीमा बम बिस्फोट

झापा,२३ भदाै । प्रतिबन्धीत विप्लव समूहले  झापाको गौरादह नगरपालिकाका हाकीम प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट गराएकाे छ । गएराति १२ गाडीमा बम बिस्फोट भएको हो ।  बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले अनुसन्धान अघि बढाएकाे जनाएकाे छ ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया