रूसमा छोराको हत्या , साउदीमा बाबु बन्धक

कपिलवस्तु

कपिलवस्तुको एक परिवार विचल्लीमा परेको खबर सार्वजनिक भएको छ । पारिवारीक श्रोतका अनुसार छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा रोजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्।

कपिलवस्तु नगरपालिका ३ निवासी धुब्रकुमार अहिरका २६ बर्षीय छोरा राजकुमार यादवको राजधानी मस्को सहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा तीन जनाको संख्यामा रहेको लुटेराको समूहले हत्या गरेको हो।

लुटेराको समुहले उनलाई धारिलो हतियारले प्रहार गरेका थिए। घटनापछि सिसीटिभीमार्फत प्रहरीले आक्रमणकारी २ पुरुष र एक महिलालाई पक्राउ गरेको छ । घटनाका बिषयमा रुसमा रहेका नेपाली राजदूतावासमा जानकारी गराइएको छ। रूसमा छोराको हत्या भए पनि साउदीमा बन्धक बनाइएका बाबुले छोराको मुख हेर्न जानका लागि बिदा मागेपनि कम्पनि मालिकले नछोडेको बताइकोछ ।

 

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया