सेनाको राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

तुलसीपुर, २३ भदौ ।

नेपाली सेनाको नितिगत तथा विभागीय कार्यहरुको सम्बन्धमा एक दिने राष्ट्रिय कार्याशाला काठमान्डौमा गोष्ठी सम्पन्न भएको छ । पहिलो पटक गरिएको गोष्ठीमा ७७ वटै जिल्लाकाम बसोबास गर्ने एकल महिला, द्धन्द्धमा घाइते भएकाहरुको परिवार,तथा घाइते भइ आपङ्ग भएका सकलदर्जाको सहभागीतमा रहेको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गोष्ठीबाट आउने निष्कर्षले आगामी दिनमा आफनो समस्याहरु प्रति केद्रित भएर अगाडि बढ्ने सहयोग पु¥याउने बताए । गोष्ठीमा प्रधानसेनापति पुर्णचन्द्र थापा, रथीबृन्द तथा अधिकृतहरुको पनि सहभागिता रहेको थियो । गोष्ठीबाट एकल महिलाहरु, घाइते तथा अपाङ्ग भएका बहालवाला तथा भूतपूर्व सैनिकहरुको समस्यालाई न्युनिकरणमा सहयोग पुग्ने अपैक्षा सेनाले गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार
प्रतिक्रिया