लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह

तुलसीपुर,२१ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । काठमाडौँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी कार्यक्रममा प्रचण्डले राजनीतिक स्थिरता कायम भएसँगै लगानीमैत्री वातावरण बनेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा राखेको जानकारी दिँदै प्रचण्डले कुनै समस्या भए समाधानका लागि पनि छलफल गर्न सकिने धारणा राख्नुभयो । प्रचण्डले नेपाल सधैं एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीनविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार
प्रतिक्रिया