सेनाकाे पृतनापति समन्वयात्मक बैठक सुरू

 

तुलसीपुर, २० भदाै

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आजदेखि काठमान्डौमा सुरु भएको छ । बैठकको उद्घाटन उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले गरेका थिए ।  प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुभारम्भ भएको छ ।  बलाधिकृत रथी शरद कुमार गिरीले नेपाली सेनाभित्र भईरहेका गतिविधीहरुबारे जानकारी गराएका थिए । बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

समन्वयात्मक बैठकबाट  अएका राय र सुझावले नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । बैठकमा प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारी, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थिती रहेकाे थियाे ।

 

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया