दंगीशरणमा भएको छुट्टाछुट्टै घटनामा परि दुईको मुत्यु

तुलसीपुर, २० भदौ । दाङको दंगीशरण गाउँपालिकामा शुक्रवार विहान भएको दुई घटनामा परि दुई जनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोहि गाउँपालिका वडा नम्वर ६ मैरवा बस्ने ४० बर्षिय कुल बहादुर खड्काको शुक्रवार विहान ७ वजेतिर सार्वजनिक कुवामा डुवेर मुत्यु भएको हो । उनको मानसिक सन्तुलन ठिक नभएको खुल्न आएको प्रहरीले बताएको छ । घटनामा बारेमा थप अनुसन्धान भईरहेको छ । यस्तै सोहि गाउँपालिकामा खोलाले बगाउदा एक मजदुरको मुत्यु भएको छ ।

वडा नम्वर ४ बैवाङ स्थित बबई नदीको निर्माणाधिन पुलमा मजदुरी गदै आएका बर्दिया जिल्लाका गुलरिया नगरपालिका वडा नम्वर १२ टरुवा बस्ने अन्दाजी ४० वर्षिय पुर्ण बहादुर सुनारको बबई नदी पार गर्ने क्रममा शुक्रवार विहान साढे आठ बजे नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया