दाङको हापुरेमा शान्ति तथा समृद्धि सम्मेलन

तुलसीपुर,१९ भदौ । आज पश्चिम दाङको हापुरेमा शान्ति तथा समृद्धि सम्मेलनको आयोजना गरिएको छ । ववई गाउपालिका र रिपोर्टर्स क्लवको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको पहिलो चरणमा विहान अधुरो शान्तिवार्ताको पुनरावलोकन र समिक्षा तथा भावि कार्यक्रमका विषयमा रणनिति तयार गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो चरणमा पश्चिम दाङको विकाश र समृद्धिका सन्दर्भमा सरोकारवालाहरु पक्षसंगको वहश हुने क्लवका अध्यक्ष शरद रेग्मीले जानकारी दिएका छन । तेस्रो चरणमा राजनितिकदलहरु बीच भैरहेको असन्तुष्टि र उनीहरुबी चको दुरी समन्वयकारी भुमिका निर्वाह गरी सहकार्य र एकता कायम गरी देशको स्थाइ शान्ति र समृद्धिकाविषयमा वहश हुने छ ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया