प्रहरीलाई गोली हान्न खोज्दा आफनै खुट्टामा गोली

तुलसी भण्डारी

वीरगन्ज । बीरगञ्जका २६ बर्षीय सन्तोष दास तत्मालाई मंगलबार राती प्रहरीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको छ । राती चेकजाँचको क्रममा प्रहरीले खुट्टामा गोली हानी पक्राउ गरेको हो ।

तत्मा ज्यान मुद्दामा कैद भुक्तान गरी छुटेका फूलहसन अंसारीको समूहमा आबद्ध छन् । सर्वसाधारण,उद्योगी व्यापारी तथा वीरगन्ज कारागारका चौकीदार शेख भोलासँग समेत रकम माग गरेको उजुरी प्रहरीमा परेको छ । पैसा नदिएपछि बम पड्काउँदै हिडेका तत्मालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

सो समूहका केही व्यक्ति हात हतियार सहित वीरगन्ज प्रवेश गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा तत्माले प्रहरीलाई गोली हान्न खोजेपछि प्रहरीले खुट्टामा गोली हानी पक्राउ गरेको गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया