बारा र पर्साका हावाहुरी प्रभावितले पाए नयाँ घर

तुलसीपुर,१८ भदौ ।

जनताआवास कार्यक्रम अन्तर्गत नेपाली सेनाले बारा र पर्सामा निर्माण गरेका झण्डै ९ सय वटा घर बुधबार हस्तान्तरण गरेको छ । गत चैत्र १७ गते आएको हावाहुरी बाट प्रभावितहरुको घर पुर्नस्थापनाका लागि नेपाली सेनाले जिम्मा लिएको थियो ।
जनता आवास कार्यक्रम अन्तरगत बारा जिल्लाको विभिन्नत्र छ स्थानमा घण्द्ध र पर्सामा जिल्लाको विभिन्नल ठ स्थानमा छटछ गरी जम्मा डटढ घरहरुको निर्माण कार्य सम्पन्न गरेको थियो ।

 

उक्त जनता आवास कार्यक्रम अन्तरगत प्रति घर छ लाख द्धछ हजार ढ सय डछ रुपैंया डड पैसा निकासा भएकोमा नेपाली सेनाले मितव्ययीतालाई प्राथमिकता दिई प्रति घर द्ध लाख डद्ध हजार ड सय डड रुपैया टण् पैसामा निर्माण सम्पन्न गरेको थियो ।

 

गत बैशाख २१ गते पुननिर्माण कार्यको शुभारम्भ गरेको सेनाले श्रावण महिनाको अन्तिमसम्म निर्माण कार्य सम्पन्न गरेर
आज हस्तान्तर गरेको हो ।

 

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री श्री इशवर पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्न् गरेकोमा सम्माननीय प्रधानमन्त्रीबाट प्रशंसा एवं धन्यवाद व्यक्त गर्नु भएको सन्देश सुनाएका थिए ।

सोही समारोहमा उनले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनीरगणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।
त्यसैगरी प्रधानसेनापति पुर्ण चन्द्र थापाले “राष्ट्र सबैभन्दा पहिला” तथा “कर्तव्य सधै पहिला” भन्नो संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्न् गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको बताएका थिएका थिए ।

 

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया