स्याङजामा नाबालक सहित बाबुको हत्या

स्याङजा,१८ भदाै

स्याङजामा नाबालक सहित बाबुको हत्या भएको छ । जिल्लाको हरिसनास गाउँपालिका–३ ललही मिनडाडाँमा सुतिरहेका
बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको धारीलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए । बाबुको टाउको र छोराको घाँटीमा प्रहार गरिएको छ ।

एउटै कोठाको अर्को खाटमा सुतेकी श्रीमती उठेर चिच्याएपछि मास्क लगाएका व्यक्तिहरु भागेको श्रीमतीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया