उत्तर वलीको घरमा पस्यो चोर

तुलसीपुर,१८ भदौ

स्वर्गीय उत्तरकुमार वलीको घरमा गएराति चोर पसेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरको टरीगाउँ यरपोर्ट नजिकै रहेको वलीको घरमा कोही नभएको मौका छोपी चोर पसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

‘घरमा कोही नभएको मौका छोपी ताला फोडेर चोर पसेछ,’ प्रहरी नायव उपरीक्षक हरीहर नाथ योगीले भने–‘ तर घरमा धनपैसा र गरगहना नभएकाले केहिपनि लग्न पाएन छ ।’ वलीकी धर्मपत्नी बिमला वली अहिले काठमान्डौ बस्दै आएकी छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया