प्रदेश ५ का ११ सरकारी अस्पतालमा विकास समिति गठनको बाटो खुल्यो

दाङ, १८ भदौ । प्रदेश ५ मा रहेका ११ वटा सरकारी अस्पतालमा विकास समिति गठनको बाटो खुलेको छ । प्रदेश ५ मन्त्रीपरिषदको बैठकले उक्र निर्णय गरे संगै २२ जनाले राजनितिक नियुक्ति पाउने निश्चित बनेको छ ।बैठकले सामाजिक विकास मन्त्रालयलाई विकास समिति गठन गर्न स्वीकृत प्रदान गरेको छ । ती अस्पतालमा अध्यक्ष हुनका लागी कम्तिमा स्नातक तह उत्तिर्ण गरी १० वर्ष सरकारी सेवा वा स्वास्थ्य क्षेत्रमा पाँच वर्ष सेवा गरेको हुनुपर्नेछ । यस्तैगरी प्रदेश सरकारले प्रदेश पाँच लोकसेवा आयोग र मुख्य न्यायाधिबक्ताको नयाँ तलवमान कायम गरेको सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिएका छन् । आयोगका अध्यक्ष र मुख्य न्यायाधिबक्ताको मासीक ६४ हजार चार सय बिस रुपैया रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया