करेण्ट लाग्दा देउखुरीमा एक जनाको मृत्यु

तुलसीपुर,१७ भदौ । करेण्ट लागेर देउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालीका ६ देउपुर निवासि ३० बर्षिय जिवन चौधरी रहेको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । घर निर्माण गर्ने क्रममा उनलाई करेण्ट लागेको प्रहरीले बताएको छ । शवलाई लमही अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया