करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

दाङ, १५ भदौ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भजनी नगरपालिका–४ कुडीका २७ वर्षीय चन्द्रलाल चौधरी रहेका इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया