नगरप्रमुख पाण्डेद्धारा अट्वारीको शुभकामना

तुलसीपुर ,१५ भदाै

थारुहरुको विशेष चाड अट्वारीको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना सन्देश जारी गरेका छन् । नेपाल साँस्कृतिक विविधताले भरिएको मुलुक भएको भन्दै विभिन्न जातजातिका धर्म र संस्कृतिको सम्मान गर्नु सबैको दायित्व भएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । “थारु जाति दाङका भुमिपुत्रहरु हुन्, उनीहरुको साँस्कृतिक कुराहरुलाई हामी सबैले सम्मान गर्नुपर्दछ ” विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले यस चाडले सबै जातजातिका विचमा एकता, भ्रातृत्व र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना समेत दिएका छन् ।

संघीय लोकतान्त्रीक गणतन्त्रले थारुसँगै अन्य जातिलाई पनि अधिकार सम्पन्न गराएको उल्लेख गर्दै उनीहरुले अधिकारको प्रयोग गरेर सम्पूर्ण जातिको उत्थानका लागि एकीकृत भएर अगाडि वढ्नुपर्ने आवश्यकता रहेको पनि वताइएको छ । संविधानको कार्यान्वयनले थारुजातिलाई पनि राज्यको मुलधारमा ल्याएको भन्दै यसलाई जोगाएर राख्ने सबैको कर्तव्य भएको भन्दै नगरप्रमुख पाण्डेले अट्वारीको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया