कालीकाेटमा दम्पतीको हत्या प्रयास

कालिकोट 

जिल्लाको रास्कोट नगरपालिका ७ स्थित गैरागाउँका ५८ वर्षीय तुले कामी र उनकी श्रीमती रचना कामीमाथि धारिलो हतियार प्रहार गरी हत्याको प्रयास गरिएको छ ।

बिहीबार राति करिब १ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हरियार प्रहार गरेको इलाका प्रहरी कार्यालय रास्कोटले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट तुले र उनकी श्रीमतीको घाँटी र कानमा गहिरो चोट लागेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार सम्भाव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ ।

धारिलो हतियार प्रहार गरेको आशंकामा रास्कोट ९ थोल्मका अम्बरे तिरुवा, सोही ठाउँका सग्ंरामे तिरुवा र बुधे लुवारका विरुद्धमा घाइतेका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी दर्ता गरेका छन् । घाइतेसँग अम्बरे तिरुवाले दिउँसो झगडा गरेको घाइतेका भाइ रंगे कामीले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया