सडक र खानेपानीलाई पहिलो प्राथमिकता दिएका छौ :अध्यक्ष शाह

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, १४ भदौ । स्थानिय तहमा जनप्रतिनिधि आएको दुई वर्ष भन्दा वढि समय वितिसकेको छ । दुई दशक लामो समय सम्म कर्मचारीले चलाउदै आएको स्थानिय तहको नेतृत्व अहिले जनप्रतिनिधिहरुले गरेका छन् । सिंहदरवारको अधिकार गाउँगाउँमा दिने भनेर अहिले स्थानिय तहको वडा स्तर सम्म जनप्रतिनिधिको नेतृत्व छ । लामो समय पछि स्थानिय तह सम्म जनप्रतिनिधिहरु आईसकेपछि अहिले विकास निर्माणले धेरै गति लिन थालेको छ ।

यद्यपी नागरिकले आसा र अपेक्षा गरे अनुसारको विकास निर्माण र सेवा प्रवाह अझै हुन सकिरहेको छैन । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ मा जनप्रतिनिधि आईसकेपछि वडाको विकास निर्माणमा धेरै फड्को मारेको वडा कार्यालयले दावी गरेको छ । वडामा जनप्रतिनिधि आईसकेपछि पछि सवै क्षेत्रमा विकासको पहुंच पुगेको वडा अध्यक्ष विरेन्द्र शाहले दावी गरेका छन् । वडामा सवै भन्दा वढि सडकबाटो र खानेपानीलाई प्राथमिकतामा राखेर काम भईरहेको अध्यक्ष शाहको भनाई छ । त्यस्तैगरी बजार क्षेत्रमा हर्न निषेध, बातावरण , खेल मैदान खानेपानी ,सिचाई कुलो, र स्वास्थ्य शिक्षा लगाएतका थुप्रै कामहरु भईरहेको उनले बताएका छन् ।वडामा हाल सम्म ९ सय मिटर बढि सडक कालोपत्रे गरिएको वडा कार्यालयले बताएको छ । यस्ता छन् वडामा हाल सम्म भएका विकास निर्माण र आगामी योजनाहरुको विवरण
सडक तर्फ
वडा कार्यालयले वडा भित्र विभिन्न स्थानको सडक बाटोलाई कालोपत्रे गरेको छ ।जसमा विशाल नगर टोल, नामीनगर टोल, सल्यानरोड देखी पुर्व तर्फ गुल्म जाने सडक, तुलसीपुर नगर विकास समिति कार्यालय अगाडीको सडक कालोपत्रे गरिएको छ ।विभिन्न सडकबाटोहरुमा ग्राभेल हालिएको छ । त्यस्तैगरी राप्ती प्रादेशिक अस्पताल देखी रानीजरुवा जाने गोरेटो बाटोमा कल्भर्ट निर्माण गरिएको छ । उक्त कल्भर्ट वरपर अन्य काम बाँकी रहेकाले केहि समयमै पुरा गरिने छ ।
हर्न निषेध
तुलसीपुर उपमहानगरपालिकालाई ध्वनी प्रदुर्षण शहर बनाउनका लागी तुलसीपुर वडा नम्वर ५ मा जनप्रतिनिधि आईसकेपछि पहिलो पटक बजार क्षेत्रमा हर्न निषेध गर्ने योजनालाई अघि सारेर गत आर्थिक वर्ष २०७४ साउन १ गतेबाट लागु हुने गरी हर्न निषेध घोषणा गरिएको थियो । जुन अहिले आफुहरुको योजनालाई निरन्तरता दिदै ५ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय संग समन्वय गरी कार्यन्वयन गरीएको वडा अध्यक्ष विरेन्द्र शाहले बताएका छन् ।
बातावरणिय तर्फ
तुलसीपुर बजारलाई हरियाली,सुन्दर र सफा नगर बनाउनका लागी जारी क्लिन तुलसीपुर र ग्रिन तुलसीपुर सरसफाई अभियानमा सहभागी भई सहयोग गरिदै आएको वडा कार्यालयले बताएको छ । साथै आफनो घर आगनमा फोहोर नगर्न र नगराउन वडाबासीलाई सचेत पार्ने काम भएको छ ।
सामाजिक तर्फ
वडामा सामाजिक क्षेत्र अन्र्तगत वडा कार्यालयले अतिविपन्न ,महिला,बालबालिका, दलित लगाएतका समुदाय र बर्गहरुको माग र आबश्यकतालाई मध्यनजर गदै उनीहरुको क्षमता अभिबृद्धि देखी आत्मनिर्भरका लागी विभिन्न सिपमुलक तालिम प्रदान गरिएको छ ।
शिक्षा तर्फ
वडा कार्यालयले शिक्षा तर्फ पनि ध्यान दिएको बताएको छ । वडा भित्र रहेको दुई वटा सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी विद्यालयको भौतिक विकास र स्तर बृद्धिको काम भईरहेको छ । वडा भित्र रहेका श्रमीक प्राथमिक विद्यालय र ज्ञानज्योती प्राथमिक विद्यालयमा आफुहरुले गुणस्तरिय शिक्षा र सहज पठनपाठनका लागी ध्यान दिदै आएको वडा अध्यक्ष शाहले बताएका छन् ।
आगामी कार्यक्रम तथा योजनाहरु
सडक तर्फ
चालु आर्थिक वर्षमा वडा कार्यालयले वजेट अनुसार वडा भित्र अन्य सडक कालोपत्रे गर्ने योजना बनाएको छ । त्यस्तैगरी बजार क्षेत्रका जिर्ण भएका सडक कालोपत्रेलाई पुननिर्माण गर्ने योजना बनाएको अध्यक्ष शाहले बताएका छन् । १२÷१५ वर्ष अघि पुराना र जिर्ण कालोपत्रे अहिले उम्कन थालेको भन्दै त्यसलाई टाल्नु भन्दा पनि पुर्ननिर्माण गर्नका लागी वडा कार्यालयले पहल गर्ने उनको भनाई छ ।
खानेपानी तर्फ
वडा कार्यालयले यस वर्ष रानीजरुवा आसपासका बासीन्दाहरुलाई खानेपानीको समस्या भएको भन्दै डिपबोरिङ निर्माण गर्ने योजना बनाएको छ । प्रदेश सरकारबाट २० लाख रुपैया बजेट विनियोजन भएको जानकारी दिदै वडा अध्यक्ष शाहले डिपवोरिङ निर्माण गरी त्यस क्षेत्रका बासीन्दालाई खानेपानीको सुविधा दिने बताएका छन् ।
त्यस क्षेत्रका नागरिक सवैले कुवाको पानी प्रयोग गदै आए पनि हिउँदको समयमा कुवाको पानी सुकेर जाने भएको हुदा त्यस क्षेत्रका बासीन्दालाई समस्या भएकाले रामनगरमा डिपवोरिङ निर्माण गर्ने योजना बनाएको वडा कार्यालयले बताएको छ ।
सिचाई तर्फ
वडा कार्यालयले यस वर्ष सिचाईका लागी पनि विभिन्न योजना निर्माण गर्ने बताएको छ । गौरीगाउले सिचाई कुलो र कटाहा सिचाई कुलोलाई व्यवस्थित गर्ने योजना बनाएको वडा अध्यक्ष शाहले बताएका छन् । किसानहरुको मागलाई मध्यनजर गदै ती सिचाई कुलोलाई व्यवस्थित गरिने भएको हो ।
स्वास्थ्य सम्वन्धी चेतना फैलाउने
वडा कार्यालयले यस वर्ष स्वास्थ्य सम्वन्धी जनचेतना फैलाउनका लागी विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । वडा अध्यक्ष शाहका अनुसार स्वास्थ्य सम्वन्धि जनचेतनाको कार्यक्रम गर्ने, निशुल्क औषधी वितरण गने र निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्यक्रम गर्ने योजना बनाईएको छ ।
चुनौतीहरु
वडा अध्यक्ष शाहले वडावासीहरुको माग र आबश्यकता धेरै पनि वजेट अभावका कारण सोचे जति विकास गर्न नसकिएको बताएका छन् ।वडामा थुप्रै विकास निर्माणका काम गर्नु पर्ने भएपनि बजेट अभाव हुदा लक्ष्य अनुसारको प्रगती गर्न नसकीएको उनको भनाई छ । यसमा स्थानिय सरकार, प्रदेश र संघिय सरकारले ध्यान दिनुपर्ने उनले बताएका छन् ।साथै वडामा विकास निर्माण कार्य गर्दा वडाबासीहरु सवैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

 

 

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया