तुलसीपुर, १४ भदौ । थारु समुदायको महत्वपुर्ण पर्व अट्वारीको अवसरमा दंगीशरण गाउँपालिकाले आईतवार सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिकाको बैठकले थारु समुदायको महत्वपूरर्ण पर्व अट्वारीको अवसर पारी सम्पूर्ण सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । थारु समुदायको बहुल्यता रहेको दंगीशरणमा थारु समुदायको एक महत्वपूर्ण चाड भएकाले सार्वजनीक विदा दिने निर्णय गरेको दंगीशरण गाउँपालिकाले जनाएको छ ।
आईतबार दंगीशरण गाउँपालिका भित्रका विद्यालय , स्वास्थ्य सस्ंथा संगै अन्य कार्यालय पनि बन्द हुनेछन् । यसैबिच दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसर पारी सम्पूर्ण दंगीशरण बासीलाई शुभकामना ब्यक्त गरेका छन् । विशेष गरी थारु समुदायले मनाउँने अट्वारी पर्वले सबैमा सामाजीक सद्भाव, भाईचाराको सम्बन्ध स्थापीत होस् भन्दै ब्यक्त गरेका छन् । पौराणिक मान्यता अनुशार हरेक बर्ष भाद्र महिनाको पहिलो आईतबार अट्वारी पर्व मनाउँने भएकाले यस बर्ष थारु समुदायले भाद्र १५ गते अट्वारी पर्व मनाउँन लागेका छन् ।। यता तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा निजी तथा सामुदायीक विद्यालयमा विदा दिइएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।