हाकिम भएर आउँदै मुस्ताङका सिडीयो तुलसीपुरमा

तुलसीपुर, १३ भदौ
मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडीयो) ईलाका प्रशासन कार्यालय तुलसीपुरमा आउने भएका छन् । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी, साहय प्रमुख जिल्ला अधिकारी,उपसचिव र सहसचिव सहित ३१ जनाको सरुवा गरेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री इलाका प्रशासन कार्यालय तुलसीपुरको प्रमुख भएर आउन लागेका हुन् ।
यसैविच रुकुम पूर्वका प्रजिअ वेदनिधि अधिकारीलाई कारागार व्यवस्थापन विभाग काठमाडौँ सरुवा गरिएको छ भने उनको ठाउँमा बाँकेका सहायक प्रजिअ मोहनप्रसाद अर्याललाई पठाईएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार
प्रतिक्रिया