१ लाखमा जग्गा किनेर १४ लाखको कागज

भविन कार्की

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका– १ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले ठगेको भन्दै सर्वसाधारण आन्दोलित छन् । स्थानियले मकालु–१ मा निमार्ण हुन लागेको ९७ दशमलव दुई मेगावाटको इसुवाखोला हाइड्रोपावले प्रतिआना एक लाखदेखि डेढ लाखसम्ममा खरिद गरेको जग्गालाई मालपोत कार्यालय खाँदबारीमा १४ लाख रुपैयाँमा खरिद गरेको भन्दै किर्ते कागजात तयार पारेपछि ठगी गरेको रहस्य सार्वजनिक भएको हो ।

मकालु गाउँपालिका– १ वडाका अध्यक्ष वाङदी छिरिङ शेर्पाले ठगीमा साथ दिएको स्थानियको आरोप छ । हाइड्रोका मालिकले शेर्पालाई हात लिएर काठमाडौंमा सुटुक्क सरोकार समिति गठन गरेको र गाउँमै नपुगी कागजात मिलाएर अध्यक्ष शेर्पाले स्थानीयबासीलाई ठगी गर्न सहयोग र्पुयाएको स्थानिय लाक्पा शेर्पाले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया