कुटपिट गरिरहेको भिडियो खिच्नेलाई प्रहरीले कुटेपछि तनाबग्रस्त

सुजीतकुमार झा
जनकपुरधाम, १२ भदौ। नारिवल बेच्ने एक युवकलाई प्रहरीले कुटीरहेको भिडियो खिचिरहेका युवालाई प्रहरीले कुटपीट गरेको छ । प्रहरीले कुटेको भिडियो खिच्ने युवालाई प्रहरीले कुटपिट गरेपछि केहीबेर जनकपुरधाम तनावग्रस्त बन्यो ।

प्रहरीले युवालाई पिटेको बिरुद्ध स्थानीय युवाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी मात्रै गरेनन् । जनकपुरधामको जानकी चोकमा टायर वालेर युवाहरुले सडकजाम नै गरे ।

जनकपुरधामको जानकी मन्दिरको उत्तरपट्टी रहेको जानकीचोकको फुटपाथमा नरिबल बेच्ने १६ वर्षका रोशनकुमार चौधरीलाई बिहीवार दिउँसो प्रहरीले कुटपीट गरेको थियो ।

प्रहरीले कुटपीट गरिरहेको दृष्यको स्थानीय युवा सुशिल कर्णले भिडियो खिचेका थिए । सो भिडियो तत्काल डिलिट गर्न प्रहरीले भनेपछि कर्णले अस्वीकार गरेका थिए । भिडियो डिलिट गर्न अस्विकार गरेपछि प्रहरीले कर्णलाई कुटपिट गरेको थियो । युवाहरुले दोषी प्रहरीलाई कारवाहीको मँग गर्दै आन्दोलन गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया