लेखपोखरामा विद्यालय भवनकाे उद्घाटन

 

सल्यान, १२ भदौ 

सल्यानको लेखपोखरामा विद्यालय भवन तथा फिल्डको उद्घाटन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिका, ५ लेखपोखरा स्थीत महेन्द्र माध्यामिक विद्यालय पाखापानीमा दुई कोठे भवन तथा फिल्ड निर्माण भएको हो । विहिबार प्रतिनिधीसभा सदस्य टेक बहादुर बस्नेतले दुबै संरचनाको उद्घाटन गरेका हुन् । १५ लाख रुपैयाँ लागतमा भवन र फिल्ड निर्माण भएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा पूर्व सामान्य प्रशासनमन्त्री समेत रहेका सांसद् वस्नेतले अव जिल्लाको मुहार फेर्ने जिममेवारि सबैको रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी रहेका उनले जिल्लामा भित्रीएको बजेटको सहि सदुपयोगमा जोड दिँदै शिक्षा क्षेत्रलाइ बलियो बनाउनुपर्ने बताए ।

शिक्षा क्षेत्र विग्रीयो भने समाज र सिंगो देश नै बर्बाद हुने जनाउँदै सांसद् बस्नेतले अभिभावक, शिक्षक लगाएत सरोकारवालाहरु यस तर्फ गम्भीर बन्नुपर्ने बताए । कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतीक दलका प्रतिनिधी लगाएतको सहभागीता थियो ।

सहकारीले स्थानीय सरकार संग मिलेर पशु विलामाइ प्रभावकारी बनाउने

यसेबिच पशु विमा सम्बन्धी एक दिने कार्यशाला गोष्ठि सल्यानको कपुरकोटमा विहिबार सम्पन्न भएको छ । साना किसान कृषि सहकारि संस्था लिमिटेड कपुरकोटले गोष्ठिको आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले गाउँगाउँका किसानलाइ विमाको महत्वबारे बुझाउनुपर्नेमा जोड दिए । उनले पशु विकास तथा किसानलाइ उत्साहित बनाउन र प्रोत्साहनका कार्यक्रम स्थानीय तहले ल्याउने बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले पशुपालन ब्यवशायमा हुने जोखिमलाइ कम गरेर किसानहरुलाइ पशुपालन ब्यवशायप्रति आकर्षित गर्न पशु विमा महत्वपूर्ण हुने बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले दिनप्रतिदिन विदेशीरहेका युवाहरुलाइ रोकेर पशु पालन तथा कृषि पेशामा आकर्षित गर्न विमा कार्यक्रम प्रभावकारि हुने विश्वास ब्यक्त गरिन् । कार्यक्रममा साना किसान कृषि सहकारि संस्थाका प्रवन्धक तिर्थराज शर्माले विगत केहि वर्ष अघिदेखि नै आफ्नो सहकारिले सबै पूर्वाधारहरु तयार गरेर पशु विमा कार्यक्रम संचालन गरिरहेको जानकारि गराएका थिए । उनले हाल सम्म एक सय बढि किसानले पशु विमा गरेको पनी जानाए । स्थानीय तहसंग समन्वय गरेर पशु विमा कार्यक्रमलाइ प्रभावकारि बनाउन गोष्ठीको आयोजना गरिएको जनाउँदै शर्माले हाल सम्म सहकारिमा पशु विमा रकम ४ लाख ३३ हजार रुपैयाँ जम्मा भएको विवरण प्रस्तुत गरेका थिए ।

सहकारिका ऋण अधिकृत जित प्रसाद आचार्यले सहजीकरण गरेको कार्यक्रममा पशु सेवा शाखा कपुरकोटका प्रमुख अरुणा भण्डारी लगाएत, पशुपालक साना किसानहरुको पनि सहभागीता थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया