प्रतिष्ठानका रजिष्ट्रार माथि दुर्व्यवहार (भिडियो सहित)

तुलसीपुर, ११ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याल माथि दुर्व्यवहार भएको छ । उनीहरुले प्याकुर्याललाई कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् । प्रतिष्ठान बचाउ अभियानको आन्दोलनमा सहभागि भएका विवेक श्रेष्ठले प्याकुरेल लाई घोक्राएर भुइँमा लडाएको जनाइएको छ । यसैविच, आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै प्रतिष्ठानले सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ ।

प्रतिष्ठानले विकीरण गौतम, विवेक श्रेष्ठ, सविन प्रियासन लगायतविरुद्ध किटानी जाहेरी दिएको छ । गौतम स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक, श्रेष्ठ नेकपा दाङका कार्यकर्ता र प्रियासन नेपाल पत्रकार महासंघ दाङका सभापति हुन् ।
दुर्व्यवहार भएको भिडियो  हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया