तीज पर्वलाई परम्परा अनुसार मनाउनुपर्नेमा जोड

दिप्तीशिखा चौधरी , दंगीशरण , ११ भदौ । तीज नृत्य प्रतियोगितामा शिखा सुनार प्रथम स्थान हासील गरेकि छिन् । दंगीशरण गाउँपालिका वडा न. ५ ले आयोजना गरेको तीज विशेष नृत्य प्रतियोगितामा सुनारले प्रथम स्थान हासील गरेकि हुन् । १४ बर्षीय सुनारले दंगाली गायीका सिन्धु मल्लको “चिटीक्कै भाछु रे ” बोलको गितमा नृत्य प्रश्तुत गरेकि थिईन् । यस्तै प्रतियोगितामा पवित्रा वि.क. को टिमले दोस्रो स्थान हासिल गरेको थियो भने कमला परियार तृतिय स्थान हासिल गरेकि थिईन् ।

यस्तै युवा कल्वको सामुहिक नृत्यले सान्त्वना स्थान हासिल गरेको थियो । प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद रुपैँया क्रमश  १७ सय , १२ सय ७५ रुपैया , ८ सय ५० रुपैँया र ४ सय २५ रुपैँया गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र वडा अध्यक्ष दिपक गौतमले हस्तानतरण गरेका हुन् ।

सो अवसरमा प्रदेश सभा सदस्य धमकली चौधरीले तीज पर्व देखाउँन नभएर परम्परा र धर्म अनुशार मनाउँनुपर्ने बताईन् । यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले चाड पर्वहरु धर्म र मान्यता संग जोडिएका कारणले पनि यसलाई सामाजिक परम्परा अनुसार मान्नुपर्ने बताए । महिलाहरुको महान पर्व संगसंगै दु.ख, सुख बाड्ने दिनको रुपमा मनाईने यो पर्वलाई आत्मीय सहिस्णुताका साथ मनाउँन आग्रह गरे । तीज पर्व सभ्य र सामाजीक सद्भावका रुपमा मान्नुपर्ने भन्दै शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरुको विशेष पर्व तीजलाई मर्यादित र भड्किलो रहित तरकिाले मनाउँन आग्रह गरिन । सो अवसरमा नेकपाका महिला नेतृ सिमा न्यौपाने , विमला वली , राधिका परियार लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वडा न. ५ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम चौधरी र रमीता चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया