पूर्वी रुकुममा एक वृद्धको हत्या

तुलसीपुर, ११ भदौ

पूर्वी रुकुममा एक वृद्धको हत्या भएको छ । पुथा गाउँपालिका–८ गराली निबासी ७२ बर्षका गंगे बोहराको भदौ ९ गते हत्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको अभियोगमा मृतकका नाती सहित ३ जनालाई   प्रहरीले आज नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । अनुसन्धामा बाधा पुग्ने भन्दै पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया