थर्कुडाँडामा जारी महायज्ञमा १० लाख बढी दान संकलन

तुलसीपुर, १० भदौ । मन्दीर तथा धर्मशाला निर्माणका लागि तुलसीपुर उमहानगरपालिका—९ थर्कुडाँडामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा मंगलबारसम्म १० बढी दान संकलन भएको छ । महायज्ञमा मंगलबारमात्रै २ लाख बढी दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक बिनोदकुमार भण्डारीले जानकारी दिए । उनका अनुसार महायज्ञमा तेस्रोदिनसम्म ८ लाख दान संकलन भएको थियो । महायज्ञमा आइतबार ४ लाख, सोमबार ४ लाख र मंगलबार २ लाख गरी १० लाख दान संकलन भएको उनले बताए ।

भद्रकाली मन्दीर र धर्मशाला निर्माणार्थ यही भदौ ७ गतेदेखि जारी महायज्ञको चौथो दिनसम्म दानदाताको सहभागिता उल्लेख्य रहेको आयोजक समितिले जनाएको छ । १५ गते सम्म महायज्ञ संचालन हुने महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको मूल आयोजक समितिका संयोजक विनोद अधिकारीले बताए ।

हिन्दु धर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक , साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दीर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ संचालन गरिएको अधिकारीले जानकारी दिए । ‘मन्दिर निर्माण गर्नका लागि आवश्यक बजेट छैन्, धर्मशाला पनि निर्माण गर्नुपर्ने छ ’ उनले भने–‘महायज्ञबाट संकलित रकमले मन्दीर र धर्मशाला निर्माणमा सहयोग पुग्नेछ ।’

महायज्ञको कथा वाचकमा पण्डितद्धय रामचन्द्र तिमल्सीना र १०८ भागवताका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा एक लाख भन्दा बढी दान रकम सहयोग गर्ने दानदातालाई बजार परिक्रममा गराइने गरिएको छ । त्यस्तै ७० हजारदेखि १ लाख सम्म दान गर्ने दातालाई घरबाटै पञ्चेबाजासहित महायज्ञ स्थलमा परिक्रमा गराइने, ५० हजार देखि ७० हजार सम्म दान गर्ने दातालाई पञ्चेवाचा सहित महायज्ञस्थलमा परिक्रममा गराईने गरेको आयोजनकले जनाएको छ ।

महायज्ञमा मंगलबार १ लाख बढी दान दिने मूल आयोजक समितिका संयोजक अधिकारीलाई फूलमाला, पन्चेबाजासहित सम्मान गरिएको थियो । लाखबत्ति जागराम, महात्म्य कथाका साथै भजनकृतन समेत हुने गरेको मूल आयोजक समितिले जनाएको छ ।।

प्रकाशित मिति : २०७६ भाद्र ११ गते बुधवार
प्रतिक्रिया