घोराहीमा ११ वटा कृत्रिम जलाशय निर्माण,४ करोड बढि खर्च

तुलसीपुर, १० भदौ । दाङको घोराही उपमहानगरपालिकाले उपमहानगर भित्र ११ वटा कृत्रिम ताल(जलाशय) निर्माण गरेको जनाएको छ । जसमा ४ करोड २५ लाख ३२ हजार खर्च भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । घोराहीको वडा नम्वर १७ मा गुलरिया तालका लागी ४३ लाख ६८ हजार, वडा नम्वर १० को ठाँटीगाउँ तालका लागी ३५ लाख ४२ हजार ८ सय , वडा नम्वर १८ गिठेपानी तालका लागी २१ लाख ४ सय , वडा नम्वर १२ को जगेखोलीको तालका लागी ५४ लाख १७ हजार, वडा नम्वर १ र २ को पायक पर्ने चेपेतालका लागी ९९ लाख ९८ हजार ९ सय, वडा नम्वर २ को बलामपुर कोल्कहवा तालका लागी ४१ लाख ९ हजार ४ सय ५६ रुपैया लगानीमा निर्माण गरिएको हो । यस्तै वडा नम्वर १७ कै ढिकपुर तालका लागी ४७ लाख ३६ हजार, सोहि वडाकै आरोग्य तालका लागी ५२ लाख ६ हजार ३ सय, वडा नम्वर १८ को अम्वापुर तालका लागी ५८ लाख ९ हजार ६५, वडा नमवर १६ को गंगटे तालका लागी ४२ लाख ४३ हजार लगानीमा निर्माण गरिएको उपमहानगरपालिकाका सुचना अधिकारी भिम बहादुर चौधरीले जानकारी दिएका छन् । यस्तै वडा नम्वर ६ को लखुवार तालका लागी २८ लाख २८ हजार रुपैया खर्च गरिएको छ । आजको गोरक्ष दैनिक पत्रिकाले यो समाचार छापेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया